काठमाडौं । सुदूर पूर्वका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पछिल्लो समय निकै चर्चामा छन् । समाजसेवामा सक्रिय रहेका प्रसाइले सुदूरपूर्वमा बीएण्डसी अस्पताल, क्यान्सर अस्पताल र मेडिकल कलेज स्थापना गरेर पूर्वलाई मेडिकल हब बनाइसकेका छन् ।
यसैबीच समाजसेवी प्रसाईलाई बर्ष व्यक्तिको सम्मान प्रदान गरिएको छ । बिर्तामोडस्थित गोमेन्द्र कलेजमा दशों बार्षिक उत्सवको अवसरमा आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रले आयोजना गरेको सम्मान कार्यक्रममा प्रसाईलाई बर्ष व्यक्तिको सम्मान प्रदान गरिएको हो । उनको कामलाई कदर गर्दै प्रहरी सेवा केन्द्रका पदाधिकारीले फूलमाला लगाएर सम्मान गरेका हुन् ।
उक्त सम्मान कार्यक्रममा प्रसाईले आफुले जिवनमा धेरै संघर्ष गरेर यो ठाउँमा आइपुगेको र अब सबैले देश निर्माणमा आ-आफ्नो ठाउ बाट योगदान गर्नु पर्ने बेला आएको बताए ।
उनले अबको बाकीँ जिवन पनि सामाजिक कार्यमा नै बिताउने पनि बताए । नेपालमै समाजसेवा गर्न चाहेको बताउदै प्रसाईले आफ्नो यस अभियानमा सहभागी हुन सबैलाई आग्रह पनि गरे ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष आचार्य, ट्राफ़िक प्रहरी नायब निरीक्षक राजकुमार श्रेष्ठ,शिक्षा सेबी गणेश प्रसाद खनाल,आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष पदम प्रसाई लगायतको सहभागीता रहेको थियो ।


















