मंगलबारसम्म ४० लाख डोज मोर्डना खोप आइपुग्ने

78

काठमाडौं ।  सरकारले आगामी मंगलबारसम्म ४० लाख डोज मोर्डना खोप आइपुग्ने जानकारी दिएको छ।

सरकारले विश्व बैँकको वित्तीय सहयोगमा १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि ४० लाख मोर्डना खोप आउने जानकारी दिएको हो।

स्वास्थ्य सेवा विभागका अनुसार उक्त खोप १७ वटा जिल्लाका बालबालिका लागि दिइने छ।

यी खोप काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बागलुङ, रूपन्देही, बाँके, दाङ र कैलालीका बालबालिकालाई दिने विभागले जानकारी दिएको छ। ‍

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here