हतियारले सजिएर बस्छन् यहाँका सुन्दरीहरू

168

विश्वमा एउटा यस्तो मुलुक पनि छ, जहाँ महिलालाई हेर्ने दृष्टिकोण नै भिन्न हुन्छ । उक्त मुलुकमा महिलाले आफ्नोमात्र होइन, देश र नागरिकको सुरक्षा पनि गर्दछन्, त्यो पनि पुरुषकै हाराहारीमा । इजरायल त्यस्तो मुलुक हो, जहाँको सेनामा महिला र पुरुषको संख्या लगभग बराबरी छ । इजरायलमा प्रत्येक घरबाट एकजना सेनामा भर्ती हुन अनिवार्य छ । विद्यालयस्तरकै पढाइका क्रममा विद्यार्थीलाई सैन्य तालिम दिइन्छ । इजरायलले कुल जनसंख्याको झण्डै आधा हिस्सालाई सेना बनाएको छ । त्यहाँ कुनै यस्तो घर हुँदैन, जहाँ घातक हतियार नहोस् । परिवारको कुनै न कुनै सदस्यले घातक हतियार चलाउन जानेकै हुन्छ ।
दुश्मनलाई उसकै घरमा गएर मार्ने पहिचान बनाएको इजरायली सेनामा ‘मोसाद’ नामक गुप्तचर संस्था पनि छ, जसमा महिलाको संख्या निकै बढी छ । करिब ८६ लाख जनसंख्या भएको यो मुलुकमा ३१ लाखको हाराहारीमा सैनिक छन् । तीमध्ये पुरुषको संख्या १५ लाख ५४ हजार छ भने महिलाको संख्या १५ लाख १४ हजार छ । इजरायलमा सैन्य तालिममा पनि महिला र पुरुषमा कुनै भेदभाव गरिदैंन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here