काठमाडौं / शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने भएको छ । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधनबिनै पारित गर्ने तयारी गरेको हो ।
डा. केसीलाई वार्डमा सारियो
१२ दिनदेखि अनशनरत डा. केसीलाई शिक्षण अस्पतालको आईसीयूबाट वार्डमा सारिएको छ । आईसीयूमा बस्दा सर्वसाधारण उपचार पाउनबाट वञ्चित हुने अवस्था आउने भन्दै उनले वार्डमा सार्न आग्रह गरेका थिए । उनको स्वास्थ्य अवस्था चिन्ताजनक भने नरहेको उपचारमा संलग्न एक चिकित्सकले बताए । इलामबाट सोह्रौं अनशन थालेका केसी तीन दिनसम्म आईसीयूमा बसेका थिए ।
अस्पतालका वार्डमा सारेलगत्तै डा. केसीले सरकारले गरेको सम्झौता अक्षरशः पालना नभएसम्म अनशन जारी राख्ने अडान दोहो¥याएका छन् । ‘माग कार्यान्वयन नभएसम्म सत्याग्रह जारी रहन्छ’, उनले भने ।अन्नपूर्ण पोष्ट

















