अस्ट्रेलियाले पहिलोपटक टी२० विश्वकपको फाइनल प्रवेश

82

काठमाडौं ।  प्रारम्भिक ब्याट्सम्यान डेविड वार्नरले निर्णायक मोडमा उत्कृष्ट प्रदर्शन गरेपछि अस्ट्रेलियाले पहिलोपटक टी२० विश्वकपको फाइनल प्रवेश गरेको न्यूजिल्यान्डलाई सात बलको खेल बाँकी छँदै आठ विकेटले पराजित गर्दै उपाधि जित्यो।

आइतबार सम्पन्न खेलमा वार्नरसँगै मिचेल मार्सले पनि अर्धशतक बनाए । कीर्तिमान पाँचपल्ट एकदिवसीय विश्वकप जितेको अस्ट्रेलियाले टी२० क्रिकेटको विश्वकप जितेको भने यो नै पहिलोपल्ट हो।

प्रतियोगितामा लक्ष्य पछ्याउने टिम जित्ने परम्परालाई कायम राख्दै अस्ट्रेलिया नै उपाधिको भिडन्तमा विजयी रहेको हो। अस्ट्रेलियाले १८.५ ओभरमा दुई विकेट गुमाएर १ सय ७३ रन बनाएर विजय लक्ष्य पूरा गर्‍यो।

प्रतियोगिताभरि उच्च लयमा रहेका बायाँ हाते ब्याटर वार्नरले ३८ बलमा आक्रामक ५३ रन बनाए। वार्नरले दोस्रो विकेटका लागि प्लेयर अफ द म्याच मार्ससँग ९२ रनको साझेदारी गरे।

अविजित रहेका मार्सले ५० बलको सामना गरेर ७७ रन बनाए। न्यूजिल्यान्डका बलरमध्ये दुवै विकेट बोल्टले नै थिए। अरू कोही पनि बलर प्रभावशाली रहेनन् र सबैले खर्चिलो बलिङ गरे। न्युजिल्यान्डका कप्तान केन विलियम्सनले आफ्नो टोलीको प्रयास साँच्चै गर्व लागक रहेको बताएका छन्। फाइनलमा विलियम्सनले ४८ बलमा १० चौका र ३ छक्का सहित ८५ रनको उत्कृष्ट कप्तानी इनिङ खेलेका थिए।

उनले राम्रो प्रयास गर्दागर्दै टोली पराजित हुन पुगेको बताए। ‘हामीले राम्रो प्लेटफम प्राप्त गर्न प्रयास गर्दै थियौं। केही राम्रो साझेदारी बन्दा र हामीले साचेको प्रतिस्पर्धात्मक लक्ष्य बनाउन पाउँदा खुशी लाग्यो। शतहले एक तह सामातेको थियो। तर, दुबईमा सामान्य रह्यो,’ उनले भने।

उनले अस्ट्रेलियाले खेलमा एक पटक पनि फर्किने मौका नदिएको बताए। ‘हामीले सबै प्रयास गरेका थियौं। तर, उनीहरुले एक इन्चपनि मौका दिएनन्। अस्ट्रेलियाले उत्कृष्ट रुपमा लक्ष्य पूरा गर्यो,’ उनले भने।

उत्कृष्ट सटहरु खेलेपनि पर्याप्त नभएको विलियम्सन बताउँछन्। ‘विश्वकपभर हाम्रो टोलीको प्रयास साच्चै गर्व लायक छ। राम्रो प्रदर्शन गर्न पाउँदा खुसी लाग्यो। आगमी दिनमा यस प्रदर्शनले ठूलो आशा छ। जित वा हार सम्भावित परिणाम हुन्,’ विलियम्सनले भने।

न्यूजिल्यान्डले अब भारतसँग ३ टी२० आई सिरिज र २ टेस्ट सिरिज खेल्नेछ । पहिलो टी२० आई खेल १७ नोभेम्बरमा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here