चन्द्रमामा पर्याप्त प्राणवायु

43

काठमाडौंं । चन्द्रमाको वायुमण्डलमा मानिसका लागि चाहिने प्राणवायु(अक्सिजन) ग्यास प्रयाप्त मात्रामा छैन् तर यसको उपल्लो चट्टानी तहमा अक्सिजनको पर्याप्त मात्रा रहेको एक प्रभावशाली वैज्ञानिकले जनाएका छन् ।

यसको उपल्लो चट्टानी तहमा प्रचुरमात्रामा ग्यास छ । यो ग्यासमा आठ अर्ब मानिसका लागि चाहिने ग्यासमा एक लाख वर्षसम्म पुग्ने अक्सिजन ग्यास रहेको छ ।

अस्ट्रेलियाको साउदर्न क्रस युनिभर्सिटीमा माटो विज्ञानका एक लेक्चरर जोन ग्रान्टले यस्तो व्याख्या गरेका हुन् ।

द कन्भरसेसनमा एक आलेख लेखेर उनले भारी मात्रामा चन्द्रमाका खनिजहरू अक्सिजनसँग कसिलोगरी बाँधिएको अवस्थमा रहेको उल्लेख गरेका छन् ।

ग्रान्टले कडा चट्टानको गहिरो तहमा बाँधिएर रहेको अक्सिजनलाई बेवास्ता गरिएपनि उपल्लो तहमा सजिलै प्राप्त गर्न सकिने अक्सिजन एक लाख वर्षका लागि ८ अर्ब मानिसलाई पुग्ने रहेको दाबी गरेका छन् ।

वैज्ञानिकले एक दिनमा मानिसलाई चाहिने अक्सिजन ८सय ग्राम वा २८ ओज चाहिने आधारमा हिसाब निकालेका छन् । यो ग्यासको मात्रा १० मिटर वा ३३ फिट गहिरो चट्टानी तहमा अक्सिजनको ग्यास गरेहो छ ।

चन्द्रमाको यस प्रकारको चट्टानी तहको ४५ प्रतिशत अक्सिजनबाट बनेको उनले जनाएका छन् । सिलिका, अल्मुनियम, आइरन र म्याग्नेसियम अक्साइड जस्ता खनिज पदार्थबाट यी चट्टान बनेका छन् ।

यी चट्टानमा श्वास लिन सकिने अवस्था छैन तर अक्सिजनको टुक्रा गर्ने प्रक्रियाबाट यसमा बाँधिएर रहेको अक्सिजनलाई श्वास लिन सक्ने अवस्थामा ल्याउन सकिने छ ।

यो धेरै ऊर्जा खोज्छ । दिगो बनाउन सौर्य ऊर्जा वा चन्द्रमा रहेका ऊर्जाका स्रोतको आवश्यकता हुन्छ ।

अस्ट्रेलियाको अन्तरिक्ष नियोग र अमेरिकी अन्तरिक्ष नियोग नासासँग गत अक्टोबरमा चन्द्रमाको चट्टान र त्यसलाई श्वास लिन सकिने गरी टुक्र्याउने विधिको अध्ययन गर्ने सम्झौतामा हस्ताक्षर भएपछि ग्रान्टको यो आलेख सार्वजनिक भएको हो ।

ग्रान्टले यी अक्सिजनलाई इलेक्ट्रोलाइसिस विधिबाट टुक्राउन सकिने र यसका लागि तयार गरिने प्रविधि सन् २०२५सम्म चन्द्रमा पठाउन सकिने गरी कार्य सुरु गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here