प्रचण्ड अस्पतालबाट डिस्चार्ज

120

काठमाण्डौ, २८ कात्तिक । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार मेडिसिटी अस्पतालबाट घर फर्किएका छन् ।

देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उनी स्वास्थ्य परीक्षणका लागि हिजो शनिवार अस्पताल भर्ना भएका थिए ।

अध्यक्ष दाहालको सचिवालयका अनुसार चिकित्सकले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् । अध्यक्ष दाहाल डोल्पा, भोजपुरलगायतका कार्यक्रमपछि अस्वस्थ भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here