मुगुको गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट

221

काठमाडौं । मुगुको गमगढी बजारमा गएराति आगलागी हुँदा २१ घर जलेर नष्ट भएको छ । पुरानो गमगढी बजारमा आगलागी भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । रातिको समय र जोडिएका घर रहेको बस्ती भएकोले बढी क्षति भएको महतले बताए ।

आगलागीबाट ती घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । आगलागीबाट कुनै मानवीय क्षति भएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here