आज प्रधानन्यायाधीश जबरालाई राजीनामाको समयसीमा सकिँदै

82

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल बार एसोसिएसनले राजीनामाका लागि दिएको समयसीमा आज सकिँदै छ ।

जबराले राजीनामा भने दिएका छैनन् । जबराले संवादका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

यसैबीच आजै पाँच जना न्यायाधीश भने इजलासमा बस्ने चर्चा छ । इजलासमा बस्ने भनिएका न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा.कुमार चुडाल हुन् । जबराले आठवटा संयुक्त र दुईवटा एकल इजलास तोकेका छन् ।

यी न्यायाधीशहरू इजलास बसेको अवस्थामा आन्दोलित बारले के गर्छ ? बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बार बैठकमा छलफल गरिने बताए । उनले पाँच न्यायाधीश पनि आन्दोलनमै रहने धारणा राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here