नर्भिकमा दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपीडी सेवा सञ्चालन हुने

83

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन्। नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. बिनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा. सगुन जोशीले निःशुल्क ओपीडी सेवा दिने भएका हुन्।

विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. बिनिता र हाडजोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरुले डा. सगुनको निःशुल्क ओपीडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ। बालरोग विशेषज्ञ डा. जोशीले बिहान १० बजेदेखि १२ बजेसम्म र हाडजोर्नी रोग विशेषज्ञ डा. जोशीले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपीडी सेवा दिनेछन्।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवालाई सञ्चालन गर्दै आएको छ। निःशुल्क ओपीडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here