राष्ट्रपति शी तिब्बत भ्रमणपछि आफ्नो नियन्त्रण झनै मजबुत

49

चीनले तिब्बतमा आफ्नो उपस्थिति यस्तो समयमा बढाउन शुरू गरेको छ, जब पश्चिमा देशहरूले चीनतर्फ अधिक ध्यान दिन थालेका छन् ।

चिनियाँ राष्ट्रपति शी चिनफिङले राष्ट्रपतिका रूपमा गत जुलाईमा तिब्बत भ्रमण गरेका थिए । त्यसपछि उनले चीनमा सैन्य उपस्थिति र भौतिक पूर्वाधारमा बढी खर्च गर्ने नीति लिएका छन् ।

चिनियाँ सेनाले यस क्षेत्रमा बढी मात्रामा सैन्य अभ्यास गरिरहेको छ र चीनका सरकारी सञ्चारमाध्यमहरूले तिब्बतियनहरूको अंग्रेजी भाषी नामहरू मेटाउन कोशिश गरिरहेका छन् ।

राष्ट्रपति शीको भ्रमणपछि चीनले तिब्बतमाथि आफ्नो नियन्त्रण झनै मजबुत बनाइरहेको छ । राष्ट्रपतिका रूपमा शीले गरेको तिब्बतको भ्रमण पछिल्लो तीन दशक यता पहिलो हो ।

भ्रमणपछि शी सरकारले सन् २०२१ देखि २०२५ सम्म २ सय ६० अर्ब युआन लगानी गर्ने घोषणा गरेको थियो ।

शीले तिब्बत भ्रमण गरेको एक महिनामै चीनको सबै भन्दा ठूलो वैधानिक संस्था नेअस्नल पिपुल्स कांग्रेसको समितिले सीमा क्षेत्रमा सुरक्षा मजबुद गर्न नयाँ कानून पारित गर्यो ।

हिमालय क्षेत्रमा भारत र चीनको सीमा विवादलाई लिएर दुवै देशबीच तनाव बढिरहेका बेला चीनले चालेको यो कदमलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

केही दिन पहिला चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्समा प्रकाशित एक लेखमा चीनले सीमासँग जोडिएको क्षेत्रमा समृद्ध गाउँ विकसित गरिरहेको खुलासा गरिएको थियो ।

लेखमा ती गाउँहरूको सुरक्षामा चीनले मदत गरिरहेको बताइएको थियो । उक्त रिपोर्टमा भारत र भुटानसँग जोडिने तिब्बती क्षेत्रको गाउँहरूको विकासका बारे लेखिएको थियो । भारत र भुटान दुवै देशको चीनसँग सीमा विवाद कायमै छ ।

गत सेप्टेम्बरमा चिनियाँ सेनाले तिब्बतस्थित पहाडी इलाकामा सैन्य अभ्याससमेत गरेको थियो । भारतले गरेको सैन्य अभ्यासको बदलामा यही ८ नोम्भेम्बरमा चीनले तिब्बतको पश्चिमी पठारमा धेरै सैन्य अभ्यास गरिरहेको चीनले बताएको थियो ।

लगत्तै ग्लोबल टाइम्सको एउटा समाचार प्रतिवेदनमा भनिएको थियो कि चीनले जाडो शुरू हुनुभन्दा पहिला पहाडी इलाकामा रहेका सैनिकलाई राहत दिने व्यवस्था मजबुद बनाइएको छ ।

तिब्बतमा चीनले गरिरहेको कामका बारे दुनियाँलाई जानकारी दिन विदेश मन्त्रालयले एक कार्यक्रमको पनि आयोजना गरिएको थियो । उक्त कार्यक्रमको नाम ‘चीनको नयाँ यात्रा : सुखी र नयाँ तिब्बतका लागि विकासको नयाँ अध्याय’ ।

यस कार्यक्रममा विदेशका नेताहरूसमेत सामेल थिए । कार्यक्रममा चीनका विदेश मन्त्री वाङ यीले चीनको कम्युनिस्ट पार्टीको शासनकालमा तिब्बत विकासले नयाँ किर्तिमान बनाएको दाबी गरेका थिए ।

यस्तो किन भइरहेको छ त ?

तिब्बतमा चीनले नियन्त्रण गरेको ७० वर्ष पुगेको छ । मे २३, १९५१ मा तिब्बतमाथि चीनले नियन्त्रण जमाएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीले यो वर्ष तिब्बत कब्जा गरेको ७० वर्ष पुगेको उपलक्ष्यमा खुसी मनाइरहेको छ ।

राष्ट्रपति शीले तिब्बत भ्रमण गरेको केही दिनमै चीनका प्रमुख राजनीतिक सल्लाहकार वाङ येनले एक टोलीसँग बैजिङबाट ल्हासासम्मको भ्रमंग गरेका थिए ।

उनले संसारमा कसैसँगपनि तिब्बत मामिलालाई लिएर चीनमाथि औंला उठाउने अधिकार नभएको चेतावनी दिएका थिए । उनले तिब्बत क्षेत्रमा चिनियाँ भाषालाई प्राथमिकता दिनुपर्नेसमेत बताएका थिए ।

चीनले तिब्बतमाथी यस्तो समयमा नियन्त्रण मजबुत बनाएको छ जतिबेला छिमेकी भारतसँग तनाव बढिरहेको छ र पश्चिमी देशहरूले पनि यस क्षेत्रतर्फ ध्यान दिइरहेका छन् ।

गत मेमा अमेरिकाले पहिलोपल्ट भारतस्थित धर्मशालाबाट संचालित तिब्बतको निर्वासित सरकारका लागि भएको चुनावलाई मान्यता दिएको थियो ।

जुनमा अमेरिका र युरोपियन संघले तिब्बतमा मानवाधिकारको उल्लंघ भइरहेकोप्रति एक साझा प्रस्ताव पारित गरेर चीनको आलोचना गरेका थिए ।

जुलाईमा भारत भ्रमणका क्रममा अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङकेनले दिल्लीमा रहेका तिब्बती धर्मगुरु दलाइ लामाका प्रतिनिधिसँग पनि भेट गरेका थिए ।

दलाइ लामा सन् १९५९ मा आफ्ना अनुयायीहरूलाई लिएर तिब्बतबाट भागेर भारतमा शरण लिन पुगेका थिए । चीनले लामालाई एक पृथकतावादी नेताका रूपमा हेर्ने गर्छ ।

चीनले मिडियाबाट दिने सन्देशमा बदलाव किन आयो

चीनका सञ्चारमाध्यमहरूले अहिलेसम्म तिब्बत शब्द नै प्रयोग गर्ने गरेका थिए । तर पछिल्लो समय तिब्बतलाई उनीहरूले ‘शीजाङ’ शब्द प्रयोग गर्न थालेका छन् । गत अगस्तपछि चिनियाँ सञ्चारमाध्यमहरूमा तिब्बतलाई शिजाङ भन्दै लेखिएका धेरै समाचारहरू बाहिरिएका छन् ।

२६ अक्टुबरमा तिब्बटको केन्द्रीय प्रशासनले प्रकाशित गरेको एक रिपोर्टमा चीनले तिब्बतको नाम समेत चोरी गरेको उल्लेख गरिएको छ ।

रिपोर्टमा उल्लेख भएअनुसार सीपीसीको तिब्बत क्षेत्रको सचिवको पद सम्हाल्नेबित्तिकै वाङ जुनझेङले आधिकारिक दस्तावेजमा शिजाङ शब्दलाई प्रयोग गर्न जोड दिएका हुन् ।

अब के हुन्छ ?

चीन सिनजियाङ र हङकङ मामिलामा पश्चिमी देशहरूले गरेको आलोचनालाई नजरअन्दाज गरिरहेको छ । यस्तो अवस्थामा चीनले तिब्बतमाथिको नियन्त्रणलाई अझ कडा बनाएर उनीहरूलाई देखाइदिन चाहन्छ ।

वाङ जुनझेङलाई तिब्बतको सचिव बनाएर चिनियाँ कम्युनिस्ट पार्टीले यो सन्देश दिएको हो । वाङलाई अमेरिका, युरोपेली संघ र बेलायतले मानवाधिकार उल्लङ्घनको आरोपमा प्रतिबन्ध लगाएका छन् ।

चीनको एकेडेमी अफ साइन्सका शोधकर्ता शाई माओसोङले सौत चाइना मार्निङ पोस्टमा एक लेख प्रकाशित गर्दै तिब्बतका पुर्व पार्टी सचिव यु यिङजीको भनाइलाई जोड दिएका थिए । उनले तिब्बतको बौद्ध धर्मलाई चिनियाकरण गर्ने बताएका थिए ।

शाइले भनेका थिए, ‘चीनले तिब्बत र अन्य नश्लीय अल्पसंख्यकलाई लिएर ऐतिहासिक दृष्टिकोणमा परिवर्तन गर्ने कोशिस गरिरहेको छ । यस्तो बदलाव गत केही सालमै भएका थिए । त्यसअघि हामीले यसमा जोड दिएका थिएनौं ।’

बीबीसीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here