छैटौंपटक सम्मानित नबिल बैंक

72
काठमाडौँ / ०७६।०७७ मा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजस्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो। विभागले मंसिर १ गते कर दिवसको अवसर पारेर बैंकहरूमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने सूचीमा नबिल बैंकलाई राखेको थियो।

पछिल्लो १० वर्षमा छैटौं पटक बैंकहरूतर्फ उच्च कर भुक्तानीमा पर्न सफल भएको यस नबिल बैंकले व्यापार प्रवद्र्धन, रोजगारी सिर्जना र कर भुक्तानीमार्फत समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्‍याएकामा गर्व महसुस गरेको छ।

विभिन्न बैंकिङ गतिविधि सुरु गरेको यस बैंकले अर्थ व्यवस्थालाई उकास्ने मात्र नभई समस्त जनताको जीवनयापन र उनीहरूको आर्थिक वृद्धिमा समेत व्यापक पहुँच पुर्‍याइरहेको छ।

नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपैया“ कर बुझाएको छ। उक्त रकम बैंकको कुल पुँजीको १ दशमलव १६ गुणा बढी हो ।

बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने परिचय बनाएको यस बैंकले आफ्ना लगानीकर्तालाई उच्च प्रतिफल र राज्यलाई आर्थिक योगदान पु¥याउ“दै व्यवसाय विस्तार गर्दै आएको छ।

यस बैंकले १३५ शाखा, १८९ एटिएम, १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवा सुरु गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here