जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

482

तेह्रथुम ।  २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका-२ लोगुवा बस्ने २५ वर्षीय धन बहादुर महरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महराले ती महिलाकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओयाकजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here