विरोधको क्रममा क्रान्तिकारी माओवादीका आधा दर्जन बढी नेता, कार्यकर्ताहरु पक्राउ मनराज कठायत

90

काठमाडौं । लामो समयदेखि एमसीसी सम्झौताको विरोधमा उत्रिएका राजनीतिक दल, सामाजिक अगुवा तथा सचेत नागरिकहरु कुनैपनि हालतमा राष्ट्रघाती सम्झौता कार्यान्वयन गर्न नहुने भन्दै सरकारलाई दवाव दिन विभिन्न प्रकारका कार्यक्रमहरु गर्दै आएका छन । त्यसै सन्दर्भमा हालै घोषणा भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकरी) ले हिजो एक वक्तव्य जारी गर्दै एमसीसी सम्झौता खारेजीका लागि निर्णायक र संगठित संघर्षमा उत्रिनुपर्ने बताएको छ ।

नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी ‘लोकेश’ ले हिजो साँझ उक्त वक्तव्य जारी गरेका हुन । उक्त वक्तव्यमा नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) सबै प्रकारका राष्ट्रघात, जनघातको विरोध तथा न्यायप्रेमि जनसमूदायको आन्दोलनको पक्षमा रहेको भन्दै महासचिव लोकेशले कुनैपनि हालतमा एमसीसी खारेज गर्नुपर्ने जनाएका छन् ।

गत कार्तिक १५ गते बाँकेको नेपालगञ्जस्थित होटेल पीस प्लाजामा विशेष राष्ट्रिय भेला सम्पन्न गर्दै नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) को घोषणा भएको थियो । भेलाबाट ९ सदस्यीय स्थायी समिति, ४५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो भने पत्रकार, महिला, युवा, दलित, मधेशी, मुश्लिम मोर्चा र अन्य जनवर्गिय संगठनको जिम्मेवारी तोकिएको थियो ।

उक्त भेलामा पार्टी पार्टीको धारणा राख्दै महासचिव लोकेशले आफ्नो पार्टी जनयुद्धका मुद्दाहरु उठान गर्दै, सहित, अपाङ्ग, बेपत्ता परिवार र आम उत्पीडित उपेक्षीत जनताको परिवर्तनको सपना साकार पार्न वर्तमान परिवेश सुहाउँदो क्रान्तिको कार्यदिशाबाट इमान्दारपूर्ण ढंगले अघि बढ्ने बताएका थिए । त्यसक्रममा महासचिव लोकेशले सबै प्रकारका राष्ट्रघात, जनघात विरुद्ध देशव्यापी आन्दोलन उठान गर्नुपर्ने भन्दै सांकेतिक रुपमा बोलेका थिए ।

वक्तव्यमा सबैलाई एकतावद्ध भएर निर्णयक संघर्षमा जान अपिल सहित अगाडी भनिएको छ–‘नेपाल र नेपाली जनताको भावना विरुद्ध ल्याउन खोजिएको एमसीसी नामको घोर राष्ट्रघाती सम्झौतालाई कुनैपनि हालतमा खारेज गर्नका लागि हाम्रो पार्टी सबै देशभक्त, प्रगतिशिल राजनीतिक पार्टीहरु, बौद्धिक परिवर्तनकारी समूह तथा सचेत आम जनसमूदायमा संगठित र निर्णायक आन्दोलनमा उत्रिन हार्दिक अपिल गर्दछ ।’

देउवा नेतृत्वको गठबन्धन सरकारलाई जनभावना विवरीत एमसीसी नल्याउन महासचिव लोकेशले चेतावनी सहित सुझाव दिदै वक्तव्यमा भनेका छन–‘लामो समयदेखि सचेत आम जनसमूदाय र राजनीतिक दलहरुले खारेजको माग राख्दै सडक संघर्ष गरिरहेको सन्दर्भमा वर्तमान देउवा नेतृत्वको गठबन्धन सरकारले नागरिकको आवाजलाई कुन्ठित पार्ने, विरोधका कार्यक्रममा हस्तक्षेप गर्ने र संसदबाट जनसमर्थन विपरित अनुमोदन गराउने र नेपालको राष्ट्रिय स्वतन्त्रतामाथि कुठाराघात गर्ने कुचेष्टा जो गरिरहेको छ, त्यस विषयमा हाम्रो पार्टी सरकारलाई सचेतनापूर्वक सोच्दै, नागरिक जनमतको सम्मान गर्दै देश र जनताको पक्षमा अडिग रहन चेतावनीसहित अनुरोध समेत गर्दछ ।’

एमसीसी विरुद्ध गरिएका सबै आन्दोलन, विरोध प्रदर्शनप्रति आफ्नो पार्टीको समर्थन, एक्यवद्धता रहेको जनाउँदै महासचिव लोकेशले संघर्षलाई थप सशक्त र निर्णायक बनाउनका लागि सशै देशभक्त परिवर्तनकारी शक्तिहरु एकजुट भएर अघि बढ्नुको विकल्प नहुने बताएका छन । उक्त वक्तव्यको पूर्णपाठ यस्तो रहेको छ…..

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी)
केन्द्रीय समिति

घोर राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध निर्णायक र संगठित संघर्ष गरौं !
प्रेस वक्तव्य

मितिः २०७८, मंसिर ३ गते ।
हाम्रो महान तथा गौरवशाली पार्टी नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) सबै प्रकारका राष्ट्रघात, जनघातको विरोध तथा न्यायप्रेमि जनसमूदायको आन्दोलनको पक्षमा रहेको विषय सर्वविदितै छ । यसै सन्दर्भमा नेपाल र नेपाली जनताको भावना विरुद्ध ल्याउन खोजिएको एमसीसी नामको घोर राष्ट्रघाती सम्झौतालाई कुनैपनि हालतमा खारेज गर्नका लागि हाम्रो पार्टी सबै देशभक्त, प्रगतिशिल राजनीतिक पार्टीहरु, बौद्धिक परिवर्तनकारी समूह तथा सचेत आम जनसमूदायमा संगठित र निर्णायक आन्दोलनमा उत्रिन हार्दिक अपिल गर्दछ ।

लामो समयदेखि सचेत आम जनसमूदाय र राजनीतिक दलहरुले खारेजको माग राख्दै सडक संघर्ष गरिरहेको सन्दर्भमा वर्तमान देउवा नेतृत्वको गठबन्धन सरकारले नागरिकको आवाजलाई कुन्ठित पार्ने, विरोधका कार्यक्रममा हस्तक्षेप गर्ने र संसदबाट जनसमर्थन विपरित अनुमोदन गराउने र नेपालको राष्ट्रिय स्वतन्त्रतामाथि कुठाराघात गर्ने कुचेष्टा जो गरिरहेको छ, त्यस विषयमा हाम्रो पार्टी सरकारलाई सचेतनापूर्वक सोच्दै, नागरिक जनमतको सम्मान गर्दै देश र जनताको पक्षमा अडिग रहन चेतावनीसहित अनुरोध समेत गर्दछ ।

साथै एमसीसी लागएतका सबै राष्ट्रघाती, जनघाती सन्धि सम्झौताहरुको पूर्णतया खारेजीको माग सहित देशभक्तिपूर्ण सचेतनामूलक निर्णायक संघर्षका लागि पुनः देशभक्त राजनीतिक दल, समूह र जनसमूदायहरु एकजुट भै अघि बढ्नुको विकल्प छैन । एमसीसी लगाएत सबै राष्ट्रघाती, जनघाती सन्धि सम्झौताहरुको विरोधमा भैरहेका आन्दोलन, प्रदर्शनप्रति हाम्रो पार्टीको एक्यवद्धता र समर्थन जाहेर गर्दै थप निर्णायक आन्दोलनको तयारीमा जुटौ भन्ने हाम्रो पार्टी हार्दिकतापूर्ण अपिल गर्दछ । लालसलाम सहित ।

 

……
क. लोकेश
महासचिव
नेकपा माओवादी केन्द्र (क्रान्तिकारी)
केन्द्रीय समिति, काठमाण्डौं ।

त्यहिक्रममा हिजो नेपाल भ्रमणमा आएका अमेरिकी सहायक राज्य विदेश मन्त्री डोनाल्ड लुको समेत विभिन्न राजनीतिक दल र सचेत नागरिकहरुले विरोध जनाएका छन । नेपालको राष्ट्रिय स्वतन्त्रतामाथि नै घात गर्ने गरी ल्याउन खोजिएको एमसीसी परियोजना नेपाललाई आवश्यक नभएको र त्यो फिर्ता लिन भन्दै अमेरिकी विदेश मन्त्री लुको भ्रमणको विरोध गरिएको हो ।

लुको भ्रमणको नेकपा (क्रान्तिकारी माओवादी) लगाएतका राजनीतिक दलहरु र सचेत नागरिकहरुले विरोध जनाएको छ । हिजो लुको नेपाल भ्रमणको क्रममा शान्तिपूर्ण विरोध जनाउँन अमेरिकी दुतावास अगाडि जम्मा भएका क्रान्तिकारी माओवादी सम्बद्ध आधा दर्जनभन्दा बढी नेता, कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको समेत गरेको छ ।

राष्ट्रियताको रक्षार्थ शान्तिपूर्ण तरिकाले गरिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी नेता, कार्यकर्ताहरुको गिरफ्तारी गरिएको विषयमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माओवादी केन्द्र (क्रान्तिकराी) लागएतका राजनीतिक दलहरुले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उक्त घटनाको घोर निन्दा र भत्र्सना गरेका छन । क्रान्तिकारी माओवादीका महासचिव मोहनबैद्य किरणले हिजो एक वक्तव्य जारी गर्दै गिरफ्तार गरिएका आफ्ना पार्टीका नेता, कार्यकर्ताहरुको अबिलम्ब रिहाईको माग समेत गरेका छन् ।

गिरफ्तार हुनेमा अमीर महर्जन, खगेन्द्र छन्त्याल, टेक बहादुर वि.क, जगदीश्वर महर्जन, राधाकृष्ण थापा, शोभा वि.क, हरि वि.क., शंकर बोहोरा, संसेर वि.क लगायत भएको क्रान्तिकारी माओवादीले वक्तव्य मार्फत जनाएको छ ।

बैद्यको उक्त वक्तव्यमा भनिएको छ, ‘एमसीसी जस्तो घोर राष्ट्रघाती सम्झौतालाई संसदबाट अनुमोदन गराउनका लागि नेपालका प्रधानमन्त्री लगायत संसदवादी पार्टीका नेताहरुमाथि दवाव दिन नेपाल भ्रमणमा आएका अमेरिकी सहायक मन्त्रीको विरोधमा प्रदर्शन गर्ने पार्टीका कमरेडहरुमाथि गरिएको दमन तथा गिरफ्तारीको हाम्रो पार्टीे घोर निन्दा तथा भत्र्सना गर्दछ । साथै गिरफ्तारीमा परेका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब रिहागर्न सरकारसित जोडदार माग गर्दछ ।”

बैद्यको वक्तव्यमा अगाडी भनिएको छ, “आज २०७८ साल मङ्सीर ३ गते हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीको आयोजनामा दक्षिण तथा मध्य एसियाको मामला हेर्ने अमेरिकी राज्य सहायक मन्त्री डोनाल्ड लुको नेपाल भ्रमणको विरोध र एमसीसीे परियोजना खारेजीको माग राखी अमेरिकी दुतावाश, महाराजगञ्जमा आयोजित शान्तिपूर्ण विरोध प्रदर्शनमाथि देउवा नेतृत्वको गठबन्धन सरकारले अन्धाधुन्ध प्रहरी हस्तक्षेप गरी पार्टीको विभिन्न जिम्मेवारीमा कामगर्ने कमरेडहरुलाई गिरफ्तार गरेको छ ।”

एमसीसी जस्तो  लागि नेपालका प्रधानमन्त्री लगायत संसदवादी पार्टीका नेताहरुमाथि दवाव दिन नेपाल भ्रमणमा आएका अमेरिकी सहायक मन्त्रीको विरोधमा प्रदर्शन गर्ने पार्टीका कमरेडहरुमाथि गरिएको दमन तथा गिरफ्तारीको हाम्रो पार्टीे घोर निन्दा तथा भत्र्सना गर्दछ । साथै गिरफ्तारीमा परेका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब रिहागर्न सरकारसित जोडदार माग गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here