गरिबी उन्मूलनका लागि सरकारले गरेका प्रयासहरूको मुल्याङ्कन हुने

66

चरम गरिबी र मानवअधिकारका लागि राष्ट्रसंघीय विशेष प्रतिवेदक ओलिभिए डे स्वतरले यही नोभेम्बर २९ देखि डिसेम्बर ९ सम्म नेपालको भ्रमण गर्ने भएका छन् । गरिबी उन्मूलनका लागि सरकारले गरेका प्रयासहरूको मुल्याङ्कन गर्न उनी नेपाल नेपाल आउन लागेका हुन् ।

‘बहुआयामिक गरिबी घटाउन नेपालले उल्लेखनीय कदमहरू चालेको छ,’ विशेष प्रतिवेदक ओलिभिए डे स्वतरले भनेका छन्, ‘सन् २०२४ सम्म गरिवीलाई थप पचास प्रतिशतले घटाउने र जनसङ्ख्याको ६० प्रतिशत जनतालाई कुनै प्रकारको सामाजिक सुरक्षाको दायरामा ल्याउने सरकारको प्रतिबद्धताको म स्वागत गर्दछु । ती लक्ष्यहरूतर्फको प्रगतिको समीक्षा गर्न र गरिबीमा रहेकाहरूलाई सरकारले कसरी सबैभन्दा उत्तम तरिका सहयोग पु¥याउन सक्छ भन्ने बारेमा सिफारिसहरू प्रस्तुत गर्ने अवसर मेरो भ्रमणले प्रदान गर्नेछ ।’

नेपाल कोभिड–१९ महामारी, बाढी तथा पहिरोबाट पुर्नलाभ गर्नेतर्फ अघि बढिरहेका बेला सबैभन्दा डे स्वतरले सामाजिक सुरक्षा प्रणालीको पर्याप्तताको समीक्षा गर्ने योजना बनाएका छन् । उनको योजनामा देशका अनुमानित ७७ प्रतिशत अनौपचारिक श्रमिकहरूका लागि संरक्षणको व्यवस्था गरिएको नेपालस्थित राष्ट्रसंघको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

डे स्वतर काठमाडौंमा र कर्णाली तथा लुम्बिनी प्रदेशका साथै प्रदेश २ मा आयोजना हुने नीतिगत गोलमेच छलफल तथा बैठकहरूमा सहभागी हुनेछन् ।

उनले केन्द्रीय तथा स्थानीय सरकारी पदाधिकारी, गरीबीबाट प्रभावित व्यक्ति र समुदायका साथै अन्तर्राष्ट्रिय र नागरिक समाजका संस्थाहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here