काठमाडौं । बुधवार नेप्सेमा सामलिङ पावर कम्पनी लिमिटेडको आइपीओ सुचिकृत भएको छ । कम्पनीको ५० लाख कित्ता आइपीअो सुचिकृत भएको छ ।
आजदेखि साे कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आएकाे छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज ९८ दशलमव ७७ रुपैयाँ देखि २९५ दशमलव ३१ तोकेको थियाे । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ७ लाख ३० हजार कित्ता,उद्योग प्रभावित क्षेत्रका लागि निष्कासन गरेको ५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ३७ लाख ७० हजार कित्ता गरेर कुल ५० लाख कित्ता साधारण शेयर सुचिकृत गराएको हो । कम्पनीको सिम्बोल एसपिसी रहेको छ ।


















