काठमाडौं । नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । कांग्रेसका निर्वाचन संयोजक लोक खड्काका अनुसार अधिवेशन जावलाखेलस्थित स्फाज कलेजमा उद्घाटन कार्यक्रम रहेको छ ।
आजै बन्दसत्र प्रारम्भ भए पनि निर्वाचन भने शनिबार हुने उनले जनाए । ‘आज उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनको कार्यक्रम हुन्छ । निर्वाचन भने भोलि हुनेछ,’ खड्काले भने ।
रामकृष्ण चित्रकार, मीनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठले प्यानल बनाएर सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
जितेन्द्र र मीनकृष्ण प्यानलबाट सभापति बाहेकका सबै पदाधिकारीसहितका कार्यसमिति सदस्यहरू संयुक्त रूपमै घोषणा गरिएको भए पनि सभापतिमा अहिलेसम्म दुवैको दाबी छ ।


















