मातृभूमिका लागि नेपालीका कयौँ अभियानकर्ता विवेकशील साझामा आबद्ध

121
काठमाडाैं ।  गाउँ पालिका महासङ्घका संस्थापक अध्यक्ष तथा मातृभूमिका लागि नेपाली अभियानका पूर्व महासचिव नारायण प्रसाद कोइराला, पूर्व सह-संयोजक भवानी प्रसाद शर्मा, पूर्व युवा विभागका प्रमुख रमेश श्रेष्ठ तथा कतिपय अगुवाहरू विवेकशील साझा पार्टीमा आबद्ध भएका छन्।
लामो समय नेपाली काँग्रेसको राजनीति गरेका कोइराला हालै विवेकशील साझा पार्टीसँग एकता भएको सिटिजन्स डिसकशन फोरमका एक जना अगुवा हुन्।
विवेकशील साझामा आबद्ध हुने अन्यमा मातृभूमिका लागि नेपालीका देवराज पौडेल (संयोजक, नवलपुर), रुद्रप्रसाद सापकोटा (संयोजक, चितवन), सुशील खनाल (संयोजक, रुपन्देही), कमलराज पौडेल (संयोजक, पाल्पा), माधव भण्डारी (सह-संयोजक, कास्की), प्रकाश अधिकारी (नवलपुर), देवी बहादुर अधिकारी (गोर्खा), माधव प्रसाद लम्साल (नवलपुर), मदन पोखरेल (रुपन्देही) तथा विकास सापकोटा (चितवन) रहेका छन्।
मातृभूमिका लागि नेपालीका पूर्व महासचिव कोइराला भन्छन्, “अब मातृभूमिलाई शिरमा राख्ने सबै नागरिक, अभियानकर्मी तथा पार्टीहरू एकबद्ध हुनै पर्ने अवस्था आएको छ। अन्यथा, यो देशको बेथितिमा कुनै सुधार आउने छैन।”
त्यसै गरी, पूर्व सह-संयोजक भवानी प्रसाद शर्माले विवेकशील साझा अब देशका लागि एक मात्र विकल्प भएको उल्लेख गरे।
विवेकशील साझा बृहत्, रूपान्तरणकारी शक्ति निर्माणको अभियानमा जुटेको छ। सोही अभियान अन्तर्गत हालै विवेकशील साझा, सिटिजन्स डिसकशन फोरम तथा राष्ट्रिय जनता दरबार पार्टीबिच एकता भएको थियो र सो एकताको घोषणा कार्यक्रम यही मङ्सिर १८ गते हुँदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here