सुर्खेत । कर्णाली प्रदेशमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको पनि जनगणना गरिएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–३ कारागाउँमा बस्दै आइरहेका राउटे समुदायको पनि जनगणना गरिएको हो ।
उनका अनुसार गणक टोलीले राउटे बस्तीमा दुई दिन लगाएर जनगणना गरेको हो । पछिल्लो चरणमा मृत्युुदर बढेको भन्दै विभिन्न ठाउँमा फिरन्ते जीवन बिताउँदै आएका उनीहरुको जन्मदर र मृत्युदर उत्तिकै मात्रामा रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।


















