लियोनेल मेस्सीले सातापटक बालोन डि ओरको उपाधि जिते

101

एजेन्सी । अर्जेन्टिना तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनेल मेस्सीले कीर्तिमानी सातापटक बालोन डि ओरको उपाधि जितेका छन् ।

यस वर्षको अवार्ड जित्ने क्रममा क्याटलान क्लब बार्सिलोनाका पुर्व फरवार्ड मेस्सीले जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की, जर्गिन्हो, करिम बेन्जेमा, एङ्गोलो कान्टे र क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन् । रोनाल्डो छैटौ स्थानमा रहे ।

मेस्सीको यो सातौ बालोन डि ओर अवार्ड हो । मेस्सीभन्दा पछि रोनाल्डोले पाँचपटक यो अवार्ड जितेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here