काठमाडाैं । आज हिन्दूहरूको दोस्रो ठुलो चाड तिहार अर्थात् यमपञ्चक अन्तर्गतको कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कुकुर तिहारको दिन मानिसका लागि बफादार पशु कुकुर (जसलाई मनुमित्र पनि मानिन्छ) लाई मीठोमसिनो खानेकुरा दिएर प्रशन्न बनाउने गरिन्छ ।
यस्तै, आजकै दिन तिथिका हिसाबले कार्तिक कृष्णपक्षको चतुर्दशीको घडी सकिएर औँसी सुरु भएसँगै लक्ष्मीपूजा पनि परेको छ । आजको दिन अर्थात् औँसीको साँझपख शास्त्रीय विधिविधान अनुरूप दीपावली गरी लक्ष्मीको पूजा गर्ने प्रचलन छ ।


















