काठमाडौं । काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ डेरा गरी बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका घर भएका लक्षि शेर्पाको कोठामा कोही नभएको अवस्थामा ताला फुटाई नगद २० हजार रूपैयाँ र सोही ठाउँ बस्ने मोरङ विराटनगर महानगरपालिका घर भएकी अम्बिका डंगोलको कोठाबाट करिब ४ लाख रूपैयाँ बराबरको सुनको विभिन्न गहना सोमबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-७ हरहरमहादेव डेरा गरी बस्ने ललितपुर घर भएकी ५० वर्षीया कमला कुमारीको कोठामा कोही नभएको अवस्थामा ताला फुटाई सुनको विभिन्न गहना तथा नगद समेत गरी करिब ३ लाख ५२ हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















