खुला कविता प्रतियोगिता हुने 

138

काठमाडाैं । प्रदेश युवा परिषद्, बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा खुला कविता प्रतियोगिता आयोजना हुने भएको छ ।

साे कविता सहभागी हुन  चाहने  इच्छुक युवा कविहरूलाई प्रतियोगी कविता प्रेषण गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

कविता प्रतियोगिता सम्बन्धी नियमहरू यस प्रकार छ :

१. जुनसुकै विषयमा कविता रचना गरी पठाउन सकिने छ ।

२. कविता नेपाली भाषामा प्रिती फन्टमा टाइप गरी पठाउनु पर्नेछ ।

३. ४० वर्ष उमेर पार नगरेका युवा कविहरूले मात्र प्रतियोगितामा भाग लिन पाउनेछन् ।

४. कविताका साथमा उमेर खुल्ने आधिकारिक प्रमाणपत्र र व्यक्तिगत विवरण ( बायोडाटा) समेत पठाउनु पर्नेछ ।

५. कविता मिति २०८०/०६/ २२ गतेभित्र प्राप्त भइसक्नु पर्ने छ ।

६. तोकिएको मितिभित्र प्राप्त कवितामध्ये उत्कृष्ट २० कविता छनोट गरी अन्तिम प्रतियोगितामा सहभागी गराइनेछ ।

७. अन्तिम प्रतियोगितामा कवि स्वयं उपस्थित भई कविता वाचन गर्नुपर्नेछ ।

८. उत्कृष्ट कविताको लागि निम्नानुसारको पुरस्कार प्रदान गरिनेछ : क्र.स १ पुरस्कार प्रथम (रु ४०,०००/-) २ द्वितीय (रु ३०,०००/-) 3 तृतीय (रु २०,०००/-) ४ सान्त्वना राशि  (रु १०,०००/-) राशी हुने

९. कविता निम्नानुसारको इमेल ठेगानामा पठाउन सकिनेछ : manojpokhrel150@gmail. Com / [email protected] [email protected] फोन नं ९८४५२९००७९ / ९८५५०७९२१२ / ९८५५०३०३३३

१०. कविता बढिमा १५० शब्दसम्म को मात्र हुनुपर्नेछ ।

११. कविता कुनै पनि पत्रपत्रिका वा सामाजिक सन्जालमा प्रकाशित नभएको र मौलिक हुनुपर्नेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here