काठमाडौँ, २८ असोज । मस्तिष्काघातका कारण ६ वर्ष देखि अर्धचेत अवस्थामा रहेका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको शनिबार राती निधन भएको छ ।
बास्तोलाको ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आज राति ९ः२० बजे निधन भएको उनका परिवारका सदस्यले बताएका छन् ।
विसं २०६९ पुस १४ गतेदेखि उनी मष्तिस्काघातबाट पीडित थिए । काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत थिए ।


















