डा. दीपेन्द्र रोकाया
यतिबेला देश प्रादेशिक राजधानी कहाा र किन हुनपर्छ र पर्दैनको बहसमा छ । अझ अस्थायी रूपमा तोकिएका प्रदेश राजधानीको विषयले पुन: देश टायर बाल्ने र बन्द गर्ने तहमा उतारी रहेको छ । विरोध र सर्मथनका पक्षपातीहरू आफ्नो स्वार्थमा केन्द्रित भई बोलीरहेका छन् । समानुपातिक रूपमा विकास गर्ने प्रस्तावनाका साथ अघि बढ्ने हो भने यो बहस निरथक छ । तर यहाा आफ्नो क्षेत्रको जग्गाको भाउ बढाउन मात्र केन्द्रित हुादा यस विषयलाई विषयान्तर गर्ने काम भइरहेको छ ।
हेरौ न, पृथ्वीको पहिलो शहरको रूपमा मेसोपोटामियालाई मानिन्छ । यो शहरमा इसापूर्व ५००० देखि ३००० को समयमा मन्दिरहरूको निर्माण र ब्यापार हुने गर्दथ्यो । यही क्रम पछ्याउादै टिग्रिस र बेबिलोनहरू शहरी बस्तीको रूपमा देखा परेको पाइन्छ । ब्यापारिक क्षेत्र विस्तार गर्न सकेकै कारण इजिप्ट, चीन, दक्षिण पूर्वी एसियाका देशहरूले शहरी बस्तीको रूपमा विकास गर्दै आएको देखिन्छ । इसापूर्व १५०० सम्ममा पूर्वी भू–मध्ये सागरीय क्षेत्रहरूमा ब्यापारिक कार्यमा अनुकुल वातावरण देखिनुले शहरी जीवनशैलीले प्रभाव पारेको देखिन्छ । ग्रीक सभ्यताको विकास सातौ शताब्दीबाट भएको थियो । यसले शहरी जीवन र शहरी वातावरणका बारेमा जनमानसमा नयाा दृष्टिकोण विकास गराउन सहयोग गरेको थियो । रोम साम्राज्यको उदयले विश्वमा आर्थिक प्रगति गराउन र नयाा प्रशासनिक प्रणालीको विकास गराएको थियो । त्यतिबेलासम्म उत्तर पश्चिम युरोपेली मुलुकहरूमा शहरी बस्तीको विकास हुन सकेको थिएन । अझ भन्ने हो भने वर्तमानको लण्डन शहर बस्तीको विकास क्रममा थियो ।
१९औ शताब्दीसम्ममा भू–मध्ये सागरीय क्षेत्र र उत्तर पश्चिम युरोपेली मुलुकहरूमा ब्यापारको बिस्तार, नयाा उद्योगहरूको स्थापना, कला कौशलको विकास र जनसंख्या वृद्धि भएका कारण धेरै शहरहरूको विकास भएको थियो । रोम शहरले बृहत् शहरको रूप लिदै थियो, त्यतिबेला कुनै बन्दरगाहको रूपमा, कुनै ब्यापारिक मार्गको रूपमा त भेनिसले नयाा मार्गको रूपमा विकसित हुन पायो । जर्मनी ब्यापारीहरूले पूर्वी युरोपमा शहरी जीवनका अवधारणा प्रचार प्रसार गरेकै कारण स्पेनमा ग्रानाडा र कोरडोराजस्ता शहरहरूको विकास भयो । एण्डिज र मध्ये अमेरिकामा क्ष्लअब बलम ब्शतभअ को सभ्यता, युरोपेली मुलुकहरूद्धारा गरिएका अनुसन्धानहरू र उपनिवेशका कारण विशवका धेरै क्षेत्रमा शहरहरू निर्माण भए । साना बन्दरगाहाहरू ठुला ब्यापारिक केन्द्रका रूपमा विकास भए । त्यस क्रममा भर्जिनिया, मोन्टेरियल, बोस्टन, न्युयोर्क, रियो द जेनेरियो, मेलबोर्ने र स्याण्डीले शहरको रूप पाएका थिए ।
शहरी बस्तीहरूको विकास राज्यसत्ताको केन्द्रियता, सुरक्षा, इन्धन तथा पिउने पानीको प्रचुरता, समतल भूमिको उपलब्धता, जल, थल र वायु मार्गका कारण भएको पाइन्छ । राजधानी र राजनीतिक कारणले बर्लिन, वोन, हेग, लेनिनग्राद, पेरिस, मस्को, लन्डन, ओटावा शहर चर्चामा छन् । तीर्थस्थलका रूपमा मक्का मोदिना, जेरुसलम, ल्हासा, रोम, सारनाथ, वाराणसी शहर चिनिन्छन् । केम्ब्रिज, अक्सफोर्ड, हावर्ड, कोलोम्बिया, स्टकहोम, वर्लिन शिक्षा केन्द्रका रूपमा स्थापित शहर हुन् । क्वेटा, अदन, डार्विन, पेसावर, पनामा, व्रैस्ट सैनिक छाउनीका कारण स्थापित शहर हुन् । निस, मोनाको, मियामी स्वास्थ्यवर्धक स्थानका रूपमा स्थापित शहर हुन् । कालमुर्ली, कुलगार्डी टेक्सास, रानीगञ्ज खनिजकेन्द्रका रूपमा चिनिएका शहर हुन् । वर्मिधम, मानचेस्टर, नाटिंघम, बाल्टिमोर, कारगोाडा औधोगिक नगरका रूपमा स्थापित भएका शहर हुन् ।
इतिहासमा कयौ बस्ती तथा शहरहरू गुमनाम अर्थात् भूत बस्तीका रूपमा पतन भएका पनि देखिन्छन् । भुकम्पका कारण विगतका शहरहरू सिस्वन, सन्फ्रासिस्को, शिकागो, टोकियो, क्वेटा नष्ट भएका थिए । तटीय क्षेत्रमा विकसित शहर सामुद्रिक क्षयीकरण र ज्वालामुखीका कारण पनि विश्वका धेरै बस्ती नष्ट भएका छन् । राज्यमा प्रदेशको वृद्धि भएमा केन्द्र बनेको भागको महत्व घट्दछ । उदाहरणको रूपमा रोम शहरलाई लिन सकिन्छ । अस्ट्रियाको पतन भएपछि भियनाको महत्व घटेको छ । बोनले पश्चिम जर्मनीको राजधानी र इस्तानबुलले तुर्कीस्तानको राजधानी भएपछि महत्व पाएका हुन् । सन् १९१२ सम्म भारतको राजधानी कोलकातामा थियो, नयाा दिल्लीमा १७ पटकसम्म राजनीतिक उतारचढाव देखा परेपछि पुन: राजधानी बन्न पुगेको हो । यही तरिका नेपालमा शुरु हुादैछ ।
पुराना स्थापित बस्ती तथा शहरको नजिकै नयाा औधोगिक र ब्यापारिक क्षेत्र स्थापित भएपछि पुरानो बस्ती तथा शहरको अस्तित्व मेटिन पुग्दछ । भारतको कसपुर शहरले कालपी र मुम्बई शहरले सुरतको ब्यापारिक महत्व लगभग समाप्त गरिदिएको पाइन्छ । विगतमा कोइला, पेट्रोल खानी भएका स्थानका बस्तीहरू खानीको उपयोगिता सकिएसागै अस्तित्व पनि सकिदै गएजस्तो भएका छन् । शहरमा अत्यधिक जनसंख्या हुनाले बेरोजगारी उत्पन्न हुन्छ । फलस्वरूप समाजमा अपराधका गतिविधिहरू बढ्दछन् । हरेक कुराको महंगी र अभाव सिर्जना हुन्छ । यस्तो हाहाकारपछि देखिने द्धन्द्धलाई ममफोर्डले दानवी बस्ती वा शहरको रूपमा नामाकरण गरेका थिए । यस्तो अवस्थाको उत्कर्षमा पुगी शहरको पतन हुने दावी उनको रहेको थियो ।
सन् १९०० तिर विकास भन्ने कुरा शहरी विकाससाग मात्र सम्बन्धित छ भन्ने बुझाई रहने गरेको थियो । सन् १९३० सम्म आइपुग्दा शक्तिशाली राज्यहरू उपनिवेश बनाउने होडमा लाग्दा विकास भन्नु नै उपनिवेश विस्तार हो भनेजस्तै भयो । विकासको अर्थ उपनिवेशकारीहरूको स्वार्थ र आशयमा निर्भर हुने गर्दथ्यो । सन् १९५० सम्म आई पुग्दा विकासका दृष्टिले विकसित र विकासोन्मुख गरी दुई भागमा विभाजित भयो । यही कालखण्डमा माथिबाट तल जाने विकासको अवधारणाले ब्यापकता पायो । विकाससम्बन्धी विभिन्न वैकल्पिक रणनीतिहरू अख्तियार भए । परिणामत: एकीकृत ग्रामीण विकास, आधारभूत आवश्यकता, सामुदायिक सहभागिता, स्वाभलम्वन, पर्यावरणीय विकास, नागरिक समाज, गैरसरकारी क्षेत्र, आत्मनिर्भरता, जनसहभागिताजस्ता मोडेलहरू प्रयोगमा आयो । तर अल्पविकसित देशहरूले चाहेजस्तो विकास हुनुको सट्टा असमानता, परनिर्भरता, प्रभाव र अविश्वास बढ्दै गयो ।
दोस्रो विश्वयुद्धपछि पुाजीवादी अर्थ ब्यवस्थाबाटै ठुला उद्योग स्थापना हुन सक्छ, रोजगारी बढ्न सक्छ, जनताको आय स्तर बढाएर गरिबी घटाउन सकिन्छ भन्ने सोच विकसित भयो । यस्तै राष्ट्रिय आयमा भएको वृद्धिभन्दा प्रतिब्यक्तिमा आयमा भएको वृद्धिले गरिवी घटाउन सकिन्छ र हरेक ब्यक्तिको विकास हुनका लागि हरेक ब्यक्ति जागरुक र रोजगार हुनपर्छ भन्ने मान्यता विकास भयो । यसले गर्दा तलबाट माथि जाने विकासे अवधारणा आयो ।
सन् १९७० को दशकदेखि विकासको संयोजनमा अरु सोचहरू आउन थाल्यो । गरिवी घटाउन रोजगारी र आय आर्जन मात्र होइन जनतालाई स्वास्थ्य, शिक्षा, ज्ञान, सीप र अवसर दिनुपर्छ । भौतिक वा मौद्रिक स्रोतलाई बढी उत्पादनशील बनाउनका लागि मानवीय स्रोतको विकासमा ध्यान जानु पर्दछ भन्ने मान्यता स्थापित भएको छ । मानव पुाजी बढाउन शिक्षा, स्वास्थ्य, सीप, तालिम र भविश्यप्रति चिन्ता नगर्नुपर्ने जस्ता सुधारोन्मुख उपायहरूको थालनी गरियो । मानव स्रोतलाई विकासको सबैभन्दा महत्वपूर्ण साधनको रूपमा लिने गरिए पनि नेपालले मानव शक्तिलाई बुझ्न सकिरहेको छैन । यसैले नेपालका युवाहरू बैदेशिक रोजगार ताक्ने भएका छन् । वास्तवमा नेपालले पूर्वाधार निर्माणमा नेपाली युवाको सीप, क्षमता र समय मागिरहेको छ ।
(- जनधारणा साप्ताहिक)
















