काठमाडौं । आख्यानकार नारायण निरौलाको उपन्यास ‘सेकेन्ड गड’ विमोचन गरिएको छ। शनिबार आयोजित एक समारोहमा प्रमुख अतिथि पद्मकन्या क्याम्प नेपाली विभागका प्रमुख साहित्यकार डा. शैलेन्द्र प्रकाश त्रिपाठी, लेखक नारायण निरौला, साहित्यकार प्रभा बराल, अनुपम रोशी, सिद्धार्थ बनस्थलीका प्रमुख कार्यकारी केशव थापा तथा डाइरेक्टर सचन थापाले संयुक्तरुपमा विमोचन गरेका हुन्।
पुस्तकका लेखक नारायण निरौलाले ज्ञान र अनुभवलाई संग्रहित गर्ने उद्देश्यले पुस्तक रचना गरिएको बताए। उनले उपन्यासको धरातलभित्र रहेर ब्राह्मण र सृष्टिको रहस्यहरूलाई स्वैरकल्पनाभित्र ढाल्ने प्रयास गरिएको बताए।
त्यस्तै केशव थापाले आम मानिसले अनुभव गरेको तथा सामान्य कल्पनाभन्दा फरक विषयलाई पुस्तकले समेटेको बताए। शैलेन्द्र प्रकाश नेपालले हरेक सर्जकले आफ्नो सिर्जनालाई सन्तानकै रुपमा लिनुपर्ने बताए। उनले लेखकले आफ्ना सिर्जनामा विषयबस्तुको प्रस्तुति कुशलतासँगै भाषागत शुद्धतालाई पनि ख्याल गर्नुपर्ने सुझाव दिए।
साहित्यकार प्रभा बरालले पुस्तक काल्पनिक र वास्तविकता दुबै कुरामा केन्द्रीत भएकाले प्रयोगधर्मी भएको उल्लेख गरिन। अनुपम जोशीलगायतका वक्ताले छोट�



