काठमाडाैं । पछिल्लो समय नेपालमा पनि विद्युतीय सवारीसाधनमा मानिसहरुको आकर्षण बढेको छ।
यो प्रविधिमा इन्डक्टिभ चार्जिङको विकास भइरहेको छ। गत जुलाईमा अमेरिकाको इन्डियानाको सडक विभाग र पड्र्यु युनिभर्सिटीले विश्वको पहिलो वायरलेस चार्जिङ कंक्रिट सडकको योजना सार्वजनिक गरेका थिए। यस्तो सडक निर्माणको लागि चुम्बकीय कंक्रिट आवश्यक पर्छ।
विभिन्न धातु मिसाइएको कंक्रिटमा विद्युत् पठाएपछि त्यसको वरिपरि चुम्बकीय क्षेत्र विकास हुन्छ। जसले सवारीसाधनलाई चार्ज गर्न सक्छ। यसको लागि १२ फिट लामो र ४ फिटको चौडाइ भएको प्लेट सडकको केही इन्चमुनि राखिएको हुन्छ। यो प्लेटलाई पावर ग्रिडसँग जोडेपछि यसबाट उत्पन्न हुने पावरबाट सवारीसाधनको ब्याट्री चार्ज गर्न सकिन्छ। यद्यपि उक्त प्लेटबाट उत्पन्न हुने पावर लिनसक्ने गरी सवारीसाधनमा पनि एउटा सानो बक्स राख्नुपर्ने हुन्छ।


















