ओडेन्स बोल्डक्लब-ओबीमा प्रशिक्षण गर्दै एरिक्सन

66

एजेन्सी । डेनिस फुटबलर क्रिष्टियन एरिक्सन किशोर अवस्था हुँदा खेलेको क्लबमा एक्ल‌ै प्रशिक्षण गरिरहेको बिबिसीले जनाएको छ।

ओडेन्स बोल्डक्लब-ओबीमा एरिक्सनले प्रशिक्षण गर्न थालेका हुन्। गत युरोकपको  खेलकै दौरान हुने हृदयघात भएर मै‍दानमै ढलेका थिए। सहकर्मी र आयोजकको तीव्र होसियारीका कारण २९ वर्षीय एरिक्सनकाे ज्यान जाेगिएकाे थियाे ।

उनको मुटुमा ‘डिभाइस’ जडान गरिएको छ। सन् २०२० मा मात्र इटालियन क्लब इन्टर मिलान आबद्ध भएका एरिक्सनलाई स्वास्थ्य समस्याकै कारण सिरी ए मा खेल्न रोक लगाइएको छ।

ओबीले एरिक्सनका लागि प्रशिक्षण सुविधा उपलब्ध गराउन पाएकोमा गर्व लागेको जनाएको छ। एरिक्सनले सन् २००५ देखि तीन वर्ष ओबीका लागि खेलेका थिए। त्यसपछि डच क्लब अजाक्समा आबद्ध भएका थिए। सात वर्ष टोट्टनहाममा बिताएपछि उनी गत वर्ष इन्टर मिलानका लागि ख‍ेल्न पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here