काठमाडौं । नेपाली सेनाको नेतृत्वमा हालै सम्पन्न भएको सफा हिमाल अभियानमा संलग्न नेपाली सेनाका सदस्यहरू, शेर्पाहरू लगायतलाइ सुर्य नेपाल प्रालिले सम्मान गरेको छ ।
बिहिबार, एक सम्मान कार्यक्रम आयोजना गरि सुर्य नेपाल प्रालीले सफा हिमाल अभियानमा प्रतक्ष्य योगदान पुर्याउने ५२ जनालाइ विशेस सम्मान गरेको छ । कार्यक्रममा सुर्य नेपालले सफा हिमाल अभियानमा संलग्न हुँदा दिवंगत भएका
दुईजना शेर्पा सहयोगीहरुका परिवारलाइ एक(एक लाख नगद रासी सहित सम्मान गरेको छ । कार्यक्रममा सफा हिमाल अभियानमा निधन भएका २ शेर्पा सहयोगीहरू प्रति श्रदान्जली अर्पण गरिएको थियो भने सफा हिमाल अभियानको क्रममा घाइते भई उपचाररत नेपाली सेनाका ४ जना अधिकृत र जवानहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।
उक्त सम्मान कार्यक्रमको प्रमुख अतिथि रहेका नेपालि सेनाका बलाधिकृत रथी सरोज प्रताप राणाले सफा हिमाल अभियानमा निजि क्षेत्रबाट एउटा मुख्य योगदानकर्ताको रुपमा सहयोग पुर्याएकोमा सुर्य नेपाल प्रा लीलाइ धन्यावाद दिएका थिए ।
कार्यक्रममा सुर्य नेपाल प्रा लीका प्रवन्ध निर्देशक रवि कुमार रायावारमले नेपालको पहिचानका रुपमा रहेको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमालहरू सफा गर्ने जस्तो महत्वपूर्ण कार्यक्रममा कम्पनीको व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालि सेनासँग सहकार्य गर्न पाएकोमा सुर्य नेपाल प्रालिले गौरवान्तित महसुस गरेको उल्लेख गरेका थिए ।
त्यसै गरि कार्यक्रममा सुर्य नेपाल प्रालिका भाइस प्रेसिडेन्ट रवि केसीले सुर्य नेपालले आफ्नो व्यावसायिक सामाजिक उत्तर दायित्व निर्वाह गर्ने कार्यलाइ अत्यन्तै महत्व दिने गरेको र सफा हिमाल अभियानमा गरिएको सहयोग पनि त्यसैको निरन्तरता भएको बताएका थिए ।
















