नबिल इन्भेस्टमेन्ट बैंक र यूनाइटेड अजोडबीच सम्झाैता

68

काठमाडौं ।  नबिल इन्भेष्टमेन्टले यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारको कार्य गर्ने  भएको छ । कम्पनीले  शेयर रजिस्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।

यससँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख , शेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिक लगायतका सम्पूर्ण कार्य नबिल इन्भेस्टमेन्ट बैकिङ  लिमिटेड नारायण चौर नक्सालबाट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here