अमेरिका युनेस्कोमा पुनः सहभागी हुने

46

काठमाडौं । अमेरिका आगामी जुलाईदेखि युनेस्कोमा पुनः सहभागी हुने भएको छ । संयुक्त राष्ट्रसंघको उक्त संगठनले प्यालेस्टाइनलाई सदस्यता दिने निर्णय गरेपछि त्यसको विरोधमा सन् २०१७ मा डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले सदस्यता त्याग्ने निर्णय गरेको थियो ।

तर, पछिल्लो समय युनेस्कोमा चीनको भूमिका बढ्न थालेपछि फेरि सहभागी हुन लागेको अमेरिकी अधिकारीहरूले बताएका छन् । प्यालेस्टाइनलाई सदस्यता दिनुअघि सन् २०११ सम्म युनेस्कोको बजेटमा अमेरिकाको सबैभन्दा धेरै योगदान थियो ।

अमेरिकाले युनेस्कोको कुल बजेटको करिब २२ प्रतिशत अर्थात् सात करोड ५० लाख अमेरिकी डलर तिर्दै आएको थियो । पुनः सहभागी हुने प्रस्तावित योजना अब अन्तिम स्वीकृतिका लागि युनेस्कोका सदस्य राष्ट्रहरूको महासभामा पेस गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here