राप्रपाको नयाँ नेतृत्वको लागि आज शनिबार मतदान हुँदै छ। अध्यक्षमा २ सहित २ सय ६६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
बिहान ८ बजे सुरु हुने भनिएको मतदान एक घण्टा सारिएको निर्वाचन समितिका सदस्य झनक प्याकुरेलले जानकारी दिए।
महाधिवेशन प्रतिनिधिकै संख्यामा विवाद भएको थियो। अहिले कूल मतदाता संख्या ४४ सय ६९ भएको उनले बताए।
‘८ बजे सुरु गर्ने भएको मतदान एक घण्टा सारिएको छ अब ९ बजे सुरु गर्ने तयारी छ’, प्याकुरेलले भने, ‘त्यो भन्दा आधा घण्टा बढी ढिला नहोला।’
अध्यक्षका लागि ब्यालेट बक्समै मतदान हुनेछ। पदाधिकारीसहित अन्य पदका लागि ८६ वटा इलेक्ट्रोनिक मेसिनमा मतदान गर्ने व्यवस्था मिलाइएको छ।
एक जना मतदाताका लागि कम्तीमा १५ मिनेट लाग्ने उनले बताए।
यस हिसाबले राप्रपाको रातिसम्म मतदान हुने देखिन्छ।
मतदान सकिएको केही घण्टामै मतगणना सुरु गर्ने प्याकुरेलले जानकारी दिए।
c‘अध्यक्षको ब्यालेट बक्समा मतदान हुन्छ, अन्य पदका लागि ८६ वटा एबिएम मेसिन राखिएको छ, मतदातालाई गाह्रो नहोस भनेर हिजै मतदान गर्न सिकाएको छ’, प्याकुरेलले थपे।















