चीनमा हुन लागेकाे ओलम्पिकको राजनीतिक बहिष्कार गर्ने अमेरिकाकाे घाेषणा

68

काठमाडौं  । अमेरिकाले आगामी वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकको राजनीतिक बहिष्कार गर्ने घोषणा गरेको छ।

अमेरिकाको राष्ट्रपति कार्यालय व्हाइट हाउसले चीनमा भइरहेको मानवअधिकारको उल्लंघनको चिन्ताका कारण खेलमा अमेरिकाबाट कुनै आधिकारिक प्रतिनिधिमण्डल शामिल नहुने जनाएको छ। तर, अमेरिकी एथलेटले यसमा भाग लिन सक्छन् र उनीहरुलाई सरकारको पूरा समर्थन हुने छ।

वाशिंगटनमा चिनियाँ दूतावासले यस बहिष्कारलाई देखावटी बताएको छ। दूतावासले यसले खेलमा कुनै प्रभाव नपर्ने जनाएको छ। यस अघि अमेरिकी राष्ट्रपति जो वाइडेनले गत महिना २०२२ को शीतकालीन ओलम्पिकको राजनीतिक बहिष्कार गर्ने जनाएका थिए। सोमबार व्हाइट हाउसका प्रेस सचिव जेन साकीले बहिष्कारको ‍पुष्टि गर्दै वाइडेन प्रशासन ओलम्पिकको आयोजनामा योगदान नदिने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here