अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारको प्रयासका कारण नेपालको अर्थतन्त्रमा गुणात्मक सुधार आएको दाबी गरेका छन्। उनले विदेशी मुद्राको संचिति इतिहासमै सबैभन्दा धेरै हुनुलाई त्यसको एउटा उदाहरणको रुपमा प्रस्तुत गरे ।
नेपाल पत्रकार महासंघले सन्धिखर्कमा गरेको पर्यटन प्रवर्द्धन कार्यक्रमको उदघाटन गर्दै प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रमा पनि यही वर्षले नेपालको इतिहासमै सबैभन्दा धेरै पर्यटक आगमन भएको वर्षकारुपमा रेकर्ड बनाएको जनाए ।
उनले आफूले कार्यभार सम्हाल्दा नेपालको अर्थतन्त्र निकै त्रासदीपूर्ण रहेको र धेरै चुनौतीहरुको सामना गर्नुपरेको जनाए ।
प्रधानमन्त्री दाहालले मानिसमा अर्थतन्त्र डुब्यो भन्ने आतंक, संशय पनि जनतामा रहेको र एक वर्षसम्मको अनवरण प्रयासबाट देश र जनता समक्ष विद्यमान चुनौतीहरु सम्बोधन हुँदै क्रमश सकारात्मक दिशातर्फ अगाडि बढिरहेको जनाए ।
















