मोनिका अरबी भाषामा प्रकाशित पहिलो नेपाली पुस्तक

150

काठमाडौं । नेपाली साहित्यिक कृतिहरु विश्वका विभिन्न भाषामा अनुवाद भएर प्रकाशन हुने क्रममा अब अरबी भाषामा पनि प्रकाशित भएको छ ।

भर्खरै नेपाली लेखकको उपन्यास ‘मोनिका’ अरबी भाषामा प्रकाशित भएको छ । अल–अरबी फर पब्लिसिङ एन्ड डिस्ट्रिब्युसनले नेपाली युवा लेखक शिवानी न्यौपानेको उपन्यास ‘मोनिका’ इजिप्टमा प्रकाशन गरेको छ ।

उपन्यास अरबी लेखक मरियम अहमद बायोमीले अरबी भाषामा अनुवाद गरेका हुन्, जुन प्रकाशन र वितरणका लागि अल–अरबीको पहिलो नेपाली पुस्तक प्रकाशन हो । उपन्यासका सम्पूर्ण घटनाहरू नेपालका सबैभन्दा प्रसिद्ध अर्बपतिकी छोरी मोनिका रिजाल नाम गरेकी युवतीको वरिपरि घुमेको छ ।

उपन्यासकी नायिका मोनिका रिजाल यस्तो जीवन जिउँछिन्, जुन अरुले कल्पना मात्र गर्न सक्छन् । नायिका मोनिका अर्बपतिकी छोरी हुन्छिन् ।

उनी आलिसान बङ्गलामा बस्छिन्, जहाँ उनको माग तुरुन्तै पूरा हुने गर्छ । अरुका लागि उनको जस्तो जीवन कल्पना मात्र गर्न पनि कठिन हुन्छ । उनीसँग डिजाइनर ड्रेस, ब्याग र जुत्ताहरूको नवीनतम सङ्ग्रहको स्वामित्व हुन्छ ।

उनको सामान्य कार्य पनि पत्रिकाको शिर्षक बन्छ । प्रायः पत्रकारहरुले पछ्याइरहेका हुन्छन् । उपन्यास नायिकामा मोनिकाको जीवन सहज रुपले चलिरहेको हुन्छ । कुनै पनि कुराले उनलाई संसारको सबैभन्दा ठूलो फेसन डिजाइनर बन्ने सपना पूरा गर्नबाट रोक्न सक्दैन । तर एक दिन, सबै कुरा समाप्त हुन्छ ।

उपन्यास ‘मोनिका’ लाई कथालय इन्कलेसन् २०१२ मा प्रकाशित गरेको हो । प्रकाशन भएको झन्डै नौ वर्षपछि यो उपन्यास अरबी भाषामा प्रकाशित भएको छ । सम्भवतः मोनिका अरबी भाषामा प्रकाशित पहिलो नेपाली पुस्तक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here