रेमिटान्स कारोबारका लागि सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफरबीच सम्झौता

147

काठमाडौं । विश्वव्यापीे रूपमा ख्यातिप्राप्त रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ।

अब विदेशमा रहेका नेपालीले रिया मनी ट्रान्सफरको प्रयोग गरि अमेरिका , यूरोप  तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेस मार्फत खल्ती एपबाटसजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने छन्। साथै खल्ती.मोबाईल वालेटमा लोड गर्न पनि सकिने छ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सावा डी फिल्डरले हस्ताक्षर गरेका छन्।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here