आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

44

काठमाडौं । झापा, बिर्तामोड नगरपालिका-७ खालबारी बस्ने दुर्गा प्रसाद मैनालीको मैनाली कृषी फर्ममा विद्युत सर्ट भई सोमबार साँझ आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कैलाली, गोदावरी नगरपालिका-५ गेटा आरपि फ्लोर मिल नजिक धनगढी उपमहानगरपालिका-६ मटयारी बस्ने ४७ वर्षीय शिब नारायण रानाको पारू कस्मेटिक एण्ड गिफ्ट सेन्टरमा विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here