नेपालमा कुल संक्रमित संख्या ४८ हजार १३८ पुग्याे

85

काठमाडौं – पछिल्लो २४ घन्टामा नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४८ हजार १३८ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३३ हजार ८८२ उपचारपछि निको भएका छन्।

देशभर १५ हजार २५ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ९८८ जना छन्। होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ३७ जना छन्। हाल देशभर ५ हजार ४८० क्वारेन्टाइनमा छन्।

बुधबार काठमाडौंमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ संक्रमित थपिएका छन्।   नेपालमा हालसम्म कोरोना संक्रमितमध्ये ३१२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा थप ६ जना संक्रमितको मृत्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here