लैंगिक हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्छ : मन्त्री घर्ती

75

पाल्पा । लुम्बिनी प्रदेश सरकारकाे कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रमा घर्तीले लैंगिक हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्ने जनाएकी छन् ।

पाल्पाकाे माथागढी गाउँपालिकाको दिव्यज्योति नमुना माविमा भएको हिंसाविरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएकी हुन् ।

सरकार एक्लैले मात्र हिंसा अन्त्य गर्न नसक्ने भएकाले सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने मन्त्री घर्तीकाे धारणा छ ।सरकारले चाहेर मात्र महिला तथा लैंगिक हिंसा अन्त्य नहुने भन्दै उनले घरभित्रै हुने विविध खालका हिंसा अन्त्य गर्न सबैले सहकार्य र जिम्मेवार भएर लाग्नुपर्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापा मगरले विभेद अन्त्यका लागि राज्यका हरेक संचनामा रहेको पित्तृसत्तात्मक सोच र मूल्य मान्यताको अन्त्य जरुरी रहेको जनाइन्। यसैगरी गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले समुदायमा अझै महिला पुरुष नै हिंसामा परिरहेको हुँदा यस अभियान व्यापक रूपमा सञ्चालन गर्नुपर्नेमा जाेड दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here