एमालेकाे स्थायी कमिटी बैठक सुरू

169

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी शनिबारबाट सुरु भएको छ । बैठक आज ११ बजेदेखि भक्तपुरस्थित गट्ठाघरमा सुरू भएकाे छ ।

आजको बैठकले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्नेछ। दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी गठन गर्ने तयारी अनुरुप प्रारम्भिक खाका तयार गरिएकाे छ ।

एमाले अध्यक्ष ओलीनिकट एक नेताका अनुसार स्थायी कमिटी गठन गर्ने निश्चित मापदण्ड तय भएको छ। पदाधिकारी स्वत: स्थायी कमिटी सदस्य हुने व्यवस्था छ। त्यसबाहेक यसअघि स्थायी कमिटीमा रहेका तर पदाधिकारीमा निर्वाचित हुन नसकेका नेताहरु स्वत: केन्द्रीय कमिटीमा पर्ने छन्। यसैगरी तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट आएकाहरुबाट दुईदेखि तीन जना समेट्ने तयारी गरिएको छ।

पदाधिकारीमा जम्मा दुईजना मात्रै महिला परेका कारण स्थायी कमिटीमा सकेसम्म धेरै महिला समेटिने बताइएको छ। यसैगरी दलितबाट पनि प्रतिनिधित्व गराउने तयारी भइरहेको बताइएको छ।

यस्तो छ एमाले स्थायी कमिटीको सम्भावित सूची:

पदाधिकारी
१) केपी शर्मा ओली
२) ईश्वर पोखरेल
३) सुवास नेम्वाङ
४) युवराज ज्ञवाली
५) अष्टलक्ष्मी शाक्य
६) सुरेन्द्र पाण्डे
७) विष्णु पौडेल
८) रामबहादुर थापा बादल
९) शंकर पोखरेल
१०) पृथ्वी सुब्बा गुरुङ
११) प्रदीप ज्ञवाली
१२) विष्णु रिमाल
१३) गोकर्ण विष्ट
१४) योगेश भट्टराई
१५) पद्मा अर्याल
१६) छविलाल विश्वकर्मा
१७) लेखराज भट्ट
१८) टोपबहादुर रायमाझी
१९) रघुवीर महासेठ

तत्कालीन स्थायी कमिटीमा रहेकाहरु
१) मणि थापा
२) घनश्याम भुसाल
३)  किरण गुरुङ
४) भीम आचार्य
५) रघुजी पन्त

माओवादी केन्द्रबाट आएका
१) प्रभु शाह
२) टंक आङ्बुहाङ
३) गौरीशंकर चौधरी

महिला (यसअघि पोलिटब्यूरोमा रहेका)
१) थममाया थापा मगर
२) डा. विन्दा पाण्डे
३)  राधा ज्ञवाली
४) श्रीमाया थकाली

थप सम्भावना
१) डा शिवमाया तुम्बाहाङ्फे
२)  सुजिता शाक्य

पुरुष (यसअघि पोलिटब्यूरोमा रहेका)
१) भानुभक्त ढकाल
२) शेरधन राई
३) यमलाल कँडेल
४) कर्ण थापा
५) अग्नि खरेल
६) काशीनाथ अधिकारी
७) अरुण नेपाल
८) परशुराम मेघी गुरुङ

नवौंमा हारेका तर पोलिटब्यूरो भइसकेका
१) खगराज अघिकारी
२) कृष्णगोपाल श्रेष्ठ

यसबाहेक सम्भावित नाम

१) देवराज घिमिरे
२) शेरबहादुर तामाङ
३) गुरु बराल
४) राजन भट्टराई
५) गोकुल घर्ती

दलितबाट
१) जगत विश्वकर्मा
२) इश्वरी रिजाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here