भक्तपुर । भक्तपुर नगरपालिका–४ गहितीमा अवस्थित लक्ष्मी नरसिंह मन्दिर पुरानै शैलीमा पुनर्निर्माण हुने भएको छ । साे मन्दिर पुनर्निर्माणको लागि कुल ३ कारोड ७१ लाख २७ हजार ५१५ रुपौया ३८ पैसा लाग्ने अनुमान गरिएको छ । मन्दिर पुनर्निर्माणका लागि सोमबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेंले शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रममा अध्यक्ष बिजुक्छेंले नगरपालिकाले पुनर्निर्माण गरिएका अरु मठमन्दिरहरुमा जस्तै स्थानीयले आफ्नो ईच्छा अनुसार सहयोग गरेर सम्पदा निर्माणमा टेवा पुर्याउने बिश्वास ब्यतm गरे । उनले पुराना सामानहरु जोगाई राख्नुपर्ने बताउँदै यस्ता सामानले भोलिका सन्ततीलाई ईतिहाँसको जानकारी लिन सजिलो हुने जनाए ।
त्यस्तै उनले स्थानीय पाठ्याक्रममा ऐतिहासिक बिषयबस्तुलाई समेट्न पनि अनुरोध गरेका छन् । कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले सम्पदा संरक्षणलाई बिशेष ध्यानमा राखेर काम गर्दै आएकोमा बताउँदै नगरवासीले गर्दै आएको साथ सहयोगको प्रशंसा गरे ।
उनले नगरपालिकाले मठ, मन्दिर, पाटी पौवा लगायत सम्पदाका सम्पूर्ण काम उपभोक्तामार्फत् गर्दै आएको र त्यसमा स्थानीयले सहयोग गर्दै आएको छ भन्दै यस मन्दिर पुननिर्माणको काममा पनि सहयोग गर्ने बिश्वास लिएको पनि जनाए ।
ठेक्कापट्टामा भन्दा उपभोक्तामार्फत् गरिन कामहरु विश्वासीलो, पार्दर्शी र गुणस्तरीय हुने पनि प्रमुख प्रजापतिले बताए । संस्कृतिविद डा. पूरुषोतम लोचन श्रेष्ठले लक्ष्मी नरसिहँ मन्दिर करिब ७०० वर्ष पुरानो भएको जनाए ।
यस्तो मन्दिर नेपालमा एउटा मात्र भएको भन्दै मन्दिर अहिलेको जस्तो नभएर दुई तल्ले छाना भएको अहिलेसम्मको अध्यन अनुसन्धानबाट पत्ता लागेको हुनाले त्यही शैलीमा निर्माण गर्न लागेकोमा खुशी ब्यक्त गरे । त्यस्तै दरवार हेरचाह अद्दाका प्रमुख अरुणा नकर्मीका अनुसार, ‘यस मन्दिरको पुरानो काठहरु बाकी भएकाले त्यसलाई अनुसन्धान गरेर हेर्ने हो भने मन्दिर कति सालमा बनेको भन्ने पत्तालगाउन सजिलो हुने जनाए ।’


















