काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ ठाउँमा स्थानीयहरू विरोधमा उत्रिएका छन्। सर्वोच्च अदालतको आदेशसँगै काठमाडौं महानगरले २० मिटर मा कुनै पनि संरचना निर्माण गर्न नपाइने भन्दै रोक लगाएपछि यो मुद्दा थप चर्किएको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भने नयाँ मापदण्ड अनुसार बनेका संरचना नभत्काइने भन्दै यो विषयमा सङ्घीय सरकारले दोहोरो नीति लिउका कारण समस्या भएको जनाएका छन् ।


















