इण्डोनेशियामा ७ दशमलव ४ रिक्टर स्केलको भूकम्प

67

काठमाडौं । इण्डोनेशियाको दक्षिण सुलावेसी प्रान्तको तटमा ७ दशमलव ४ रिक्टर स्केलको भूकम्प मापन गरिएको छ। यसपछि उक्त क्षेत्रमा घर तथा भवनहरु खाली गराइएको थियो।

अधिकारिहरुका अनुसार मंगलबारको भूकम्प स्थानीय समयअनुसार साढे १० बजे फ्लोर्स सागरमा आएको थियो। जसबाट पूर्वी नुसा तेंगारा क्षेत्र प्रभावित भएको थियो।

अहिलेसम्म कसैको मृत्यु वा ठूलो नोक्सानीको समाचार नआएको जनाइएको छ।  यस भुकम्पको झट्का भन्दा १० दिन पहिला सेमेरु चोटीमा ज्वालामुखी विस्फोट भएको थियो जसमा कम्तिमा पनि ४६ जनाको मृत्यु भएको थियो।

इण्डोनेशियामा भूकम्प र ज्वालामुखी विस्फोट सामान्य मानिन्छ किनकी उक्त द्वीप समूह ‘रिंग अफ फायर’मा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here