आजदेखि प्रदेश नं २ को प्रदेश सभाको आठौं अधिवेशन सुरू

113

काठमाडाैं । प्रदेश नं २ को प्रदेश सभाको आठौं अधिवेशन आजदेखि सुरू हुँदैछ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका छन्। उनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ।

बैठकमा उपस्थित हुन सबै प्रदेश सभा सदस्यलाई जानकारी गराइसकिएको र बैठकको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।

उनका अनुसार बुधबार बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौं अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here