डबल नेकपाकाे सचिवालय बैठक भाेलि पुनः १ बजे बस्दै

74

काठमाडौं – डबल नेकपाकाे सचिवालय बैठक भर्खरै सकिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अध्यक्षद्वयको प्रस्तावमा आजदेखि छलफल सुरु भएको जानकारी दिएका छन ।

श्रेष्ठका अनुसार आज दुई अध्यक्षले आआफ्नो धारणा राखेका छन् । आजको छलफलमा औपचारिकरुपमा छलफललाई निरन्तरता दिँदै अनौपचारिक संवाद, छलफल र अन्र्तक्रियालाई पनि निरन्तरता दिने निर्णय भएको श्रेष्ठले जनाएका छन ।

भोलिसम्म नेताहरुबीच अनौपचारिक छलफल गरेर भोलि दिउँसो १ बजे फेरि सचिवालय बैठक बस्ने भएको छ । भोलिको बैठकमा सचिवालयका अन्य नेताहरुले अध्यक्षद्वयको प्रस्ताव उपर आफ्नो धारणा राख्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here