काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज यस वर्षकै कम मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार विहान पौने ९ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस रहेको छ।
विभागका अनुसार अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेने छ। यस अघि बुधबार बिहान ६ बजे ४ दशमलव ६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। यस्तै आज सवैभन्दा कम जुम्लामा माइनस ६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।
आज देशका पहाडी भूभागमा आशिंक बदली रहने विभागले जनाएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
अहिल देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

















