काठमाडाैं । पछील्लो समय म्युजिक भिडियोमा व्यस्त रहेकी उषा सुवेदी अभिनित ‘सल्लाघारिमा’बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनलाई निक्स शर्माले अभिनयमा साथ दिएका छन ।
बगेश्वरी फिल्म्सको प्रस्तुति रहेको भिडियोमा निर्देशन तथा कोरियोग्राफी शंकर वि सिको रहेको छ भने छाँयाकन दुर्गा पोखरेल तथा सम्पादन नबिन घर्ती मगरको रहेको छ ।
गीतमा गायक प्रभावन जे को र गायिका रोजिना बस्नेतको स्वर रहेको छ भने शब्द तथा संगीत माधव थापाको रहेको छ । मोडलिङको दुनियाँमा पृथक पहिचान बनाउने उद्देश्य बोकेकी उषा सुवेदी चर्चित भन्दा पनि कुशल तथा सफल कलाकार बन्ने चाहना रहेको बताउँछिन् । आफ्नो सबै भिडियोहरु लगायतमा गरेको अभिनयलाई मनपराए झै हालै सार्वजनिक यस् भिडियोलाई पनि दर्शकले उत्तिकै माया गरिदिनु हुन्छ भन्ने आश रहेको कुरा तेजनेपाललाई बताईन ।
भिडियोलाई डि ए आर मुभिज एण्ड फिल्म्सको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


















