बजारमा आज छापावाल सुनको मूल्य घट्याे

123
www.swaviman.com

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ।

अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला आज रु ५००ले घटेको हो।     नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० छ जसको मूल्य मंगलबार प्रतितोला रु ९२ हजार ३०० तोकिएको थियो।

आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ। चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २१० मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७० डलर आसपास कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here