नेप्से सामान्य रूपमा घट्यो

76

काठमाडौं । मंगलबार सकारात्मक सर्किट लागेर बन्द भएको सेयर बजार बुधबार भने सामान्य घटेको छ। बुधबार सेयर कारोबार मापन परिसूचक नेप्से ४.२३ अंकले घटेर २४१४.६२ बिन्दुमा झरेको छ।

मंगलबार नेप्से परिसूचक १ बजेर २६ मिनेट २४ सेकेन्डमा ६.०१ प्रतिशतले बढेर बन्द भएको थियो। बुधबार समग्रमा सेयर बजार ०.१७ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले जानकारी दिएको छ। साताको चौथो कारोबार दिन सेयर बजारमा ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार बुधबार कूल २२८ वटा कम्पनीका ९८ लाख ७९ हजार ११० कित्ता सेयर ७१ हजार २२९ पटक किनबेच भएका थिए। आज कारोबारमा आएका १३ समूह मध्ये ८ समूको मूल्य बढेको छ भने बाँकी समूहको सेयर मूल्य ओरालो लागेको छ।

आज ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ०.८९ अंकले घटेर ४५९.४१ विन्दुमा ओर्लिएको छ। आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको सेयर मूल्य ओरालो लागको छ।

यस समूहको सेयर मूल्य आज १.७९ प्रतिशतले घटेको छ। बुधबार सबैभन्दा धेरै फाइनान्स समूहको सेयरमूल्य बढेको छ। आज यस समूहको सेयरमूल्य २.२१ प्रतिशतले बढेको नेप्सेले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here