काठमाडौं उपत्यकामा चिसाे अझै बढने

90

आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम बुधबारभन्दा १.२ डिग्री सेल्सियसले घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारको न्युनतम तापक्रम ४.२ थियो भने बिहीबार ३ डिग्री मापन भएको छ।

काठमाडौंसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ। बिहीबार जुम्लाको न्यूनतम तापक्रम माइनस ५.७ डिग्री पुगेको छ।

शुक्रबारदेखि चिसो अझै बढ्ने महाशाखाले जनाएको छ। बिहीबार साँझ हिउँदे मौसमको बुलेटिन जारी गर्दै महाशाखाले पश्चिमी वायुसँगै आउने  पश्चिमी न्यून चापीय  प्रणालीले शुक्रबार बिहानबाट नेपालको  सुदूर पश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी  प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ।

त्यस्तै सुदूरपश्चिम  प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का हिमपात हुने  सम्भावनारहेको छ।

सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको  सम्भावनारहेको छ।

‘उक्त प्रणालीका कारण आगामी दिनहरूमा तापक्रममा समेत गिरावट आई चिसो अझ बढ्न सक्ने  सम्भावनारहेको छ। आउँदो शनिबार साँझबाट क्रमशः मौसममा बिस्तारै सुधार हुँदै जाने देखिन्छ,’ महाशाखाले भनेको छ।

२०७८ पुस २ गते शुक्रबार दिउँसो : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा हल्का वर्षा र उक्त प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीरहनेछ। सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ पुस ३ गते शनिबार दिउँसो : देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा  तथा बांकी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहने तथा बांकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।राति : देशको पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा बदलीरहनेछ।  देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here